स्याङ्जा ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले नेकपा एमालेका कयौं नेता कार्यकर्ताले नेकपा एकीकृत समाजादी पार्टी सशक्त बनाेस् भन्ने कामना गरिहेकाे दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी स्याङ्जाको नवाैं जिल्ला अधिवेशनकाे शनिबार स्याङ्जामा उद्घाटन गर्दै उनले यस्ताे दाबी गरेका हुन् ।
एमालेमा पूर्वराष्ट्रपति र वर्तमान प्रधानमन्त्री वार्ता गर्नुपर्ने परिस्थितिमा रहेकाे चर्चा गरेका उनले उकुसमुकुसमा रहेका एमाले नेता कार्यकर्ताकाे भाेलिकाे आश्रय स्थल आफ्नाे पार्टी रहेकाे धारणा राखे ।
पार्टी अध्यक्ष माधव नेपाल माथि प्रतिशाेध साधेर वर्तमान प्रधानमन्त्री आलीले आफ्नैलागि बाटाे खाेलिरहेकाे टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीले किन यस्ताे प्रतिशेध साँधे त्याे उनै जानुन् । म यत्ति भन्न चाहन्छु अब हाम्रो अध्यक्षलाई जवरजस्ती फसाउन खाेजे भने त्यसपछि फस्ने दाेस्राे व्यक्ति केपी ओली नै हुनेछन् ।’
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव श्रीनाथ बरालले मेहनत गरेर कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले एमाले कम्युनिस्ट इथिक्सबाट बाहिर गएकाे भन्दै एकतावद्ध कम्युनिस्ट आन्दाेलनकाे नेतृत्व आफ्नाे पार्टीले मात्र गर्न सक्ने धारणा राखे ।
वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशलाई बंगलादेशको बाटाेमा लैजाने प्रयास गरेकाे उनले आराेप लगाए । सत्तामा रहेकाले प्रतिपक्षीलाई विभिन्न मुद्दामा फसाउने प्रबृत्तिले देशलाई पाकिस्तान वा बंगलादेशकाे मार्गमा लैजाने उनकाे टिप्पणी थियाे ।
पाेलिट्व्युराे सदस्य माेहन बहादुर जिसीले पार्टी अध्यक्ष माधव नेपाल माथि प्रतिशाेध साँधिएकाे बताए । ठूलठूला भ्रष्टाचारका काण्डलाई डाइभर्ट गर्न खाेजिएकाे उनकाे टिप्पणी थियाे ।
पाेल्टव्युराे सदस्य शंकर पाेखरेलले देशभक्त क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर देशमा आमूल परिवर्तन गर्न आफूहरू अग्रसर रहेकाे धारणा राखे ।
पाेलिट्व्युराे सदस्य दिलु कुमारी पन्तले नेपालमा प्रतिशाेधकाे राजनीति एमालेले प्रारम्भ गरेकाे आराेप लगाइन् । उनले जनताका एजेन्डा भन्दापनि आफ्ना र आफन्तका आगन र करेसावारी लिपपोतमा केन्द्रित गरेकाे टिप्पणी गरिन् ।
केन्द्रीय सदस्य ताजमाेहमद मियाँले पार्टी संख्याकाे हिसाबले केही सानाे देखिएपनि विचार र एजेन्डाका हिसाबले बिशाल रहेकाे बताए ।
केन्द्रीय सदस्य शर्मिलादेवी पाैडेलले सच्चा कम्युनिस्ट आफूहरू भएकाले जनताकाकाे एजेन्डामा केन्द्रित हुनुपर्ने बताइन् ।
नेकपा एकीकृत समाजवादी गण्डकी अध्यक्ष कृष्ण बहादुर नेपालीले पार्टीको दाेस्राे चरणकाे आन्दोलन सकिएकाे भन्दै जनताकाे एजेन्डामा पार्टी केन्द्रित हुने बताए ।
केन्द्रीय सल्लाह परिसद सदस्य प्रेमप्रसाद पाैडेल, केन्द्रीय सदस्य शर्मिला पाैडेलले कम्युनिस्ट पार्टी, केन्द्रीय सल्लाहकार परिसद सदस्य लाेकराज शर्मा, केन्द्रीय जनसंठनकाे तर्फबाट राजकुमार वाग्ले, प्रेस स्वतन्त्रता सेनानी ओमप्रकाश शर्मा, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष मेघनाथ चापागाईं,नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णप्रसाद अर्याल, नेकपा माओवादी केन्द्रीय सल्लाहकार परिसद सदस्य साेभाकर ढकाल, राष्ट्रिय जनमाेर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैरे, नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष विराज हमाल, हिस्टान केन्द्रीय सदस्य हिमलाल पुरी, नेकपा एकीकृत समाजवादी स्याङ्जाका सदस् माेहन गिरी र जिल्ला कमिटी सदस्य नारायण तिवारी लगायतले उद्घाटन सत्रमा बाेलेका थिए ।
नेकपा एकीकृत समाजवादी स्याङ्जाको अधिवेशन शनिबार नै नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने जनाएकाे छ ।














