रिक्त स्थानमा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले रिक्त स्थानमा उपनिर्वाचन गर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा आज परामर्श गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर परामर्श गरेका हुन् । आयोग पदाधिकारीहरूले आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सुझाव दिँदै राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचनबारे समेत छलफल गरेका हुन् ।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं.३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं.१ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । रुपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको पद गएपछि रिक्त भएको हो ।

यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।

  • ६ असार २०८२, शुक्रबार १५:३४ प्रकाशित