संसदमा आज पनि रास्वपा र राप्रपाको अवरोध : प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

रास्वपा र राप्रपा प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको हो।

बैठक सुरु हुनासाथ उठेर विपक्षी दलले विरोध जनाएपछि सभामुख घिमिरेले विशेष कारण देखाउँदै प्रश्नोत्तर कार्यक्रमम कार्यसूचीबाट हटाएको जानकारी गराए। प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएर सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन्।

  • ६ असार २०८२, शुक्रबार १२:३१ प्रकाशित