२२ हजार २ सय ८० पिस लागूऔषधसहित २० वर्षीय युवती पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
२२ हजार २ सय ८० पिस लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन् ।

असार ४ गते हिजो बुधबार साँझ ५ बजेको समयमा धनुषा जनकपुर घर भइृ हाल काठमाडौंं महानगरपालिका १५ अजिमा हल नजिक डेरा गरी बस्ने २० वर्षकी मनिषा ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए ।

मनिषाको कोठामा खानतलासी गर्दा २ लाख पच्चीस हजार आठ सय रुपैया नगद, २१ हजार ५ सय पिस ट्रमाडोल,२६० पिस फेनारागन, २६० पिस डाईजापाम, २६० पिस नर्फिन बरामद भएको बोहराले बताएका छन् ।

  • ५ असार २०८२, बिहीबार १५:५० प्रकाशित