बाढी र पहिरोको कारण ५ वटा सडक अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

बाढीका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् ।

नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ । यस्तै डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।

यसैगरी धनकुटास्थित रवि राके भेडेटार सडक, गुल्मीस्थित कालीगण्डकी करिडोर र जुम्लास्थिति जुम्ला–मुगु सडकखण्ड एकदर्फी बनेको प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जनाएको छ ।

  • ४ असार २०८२, बुधबार १२:५९ प्रकाशित