इरान र इजरायल द्वन्द्व

इजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

तेहरान ।

इजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको ज्यान गइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ ।

इरान र इजरायलबिच विगत पाँच दिनदेखि द्वन्द्व जारी छ । लगातार छैटौँ दिन पनि दुई पुराना शत्रुहरूबिचको द्वन्द्व तीव्र भयो। बुधबार बिहान इजरायलमाथि केही घण्टाको अन्तरालमा दुईवटा इरानी क्षेप्यास्त्र आक्रमण भएको थियो ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना सर्त आत्मसमर्पण गर्न आग्रह गरेका थिए ।

  • ४ असार २०८२, बुधबार १०:५३ प्रकाशित