चितवन ।
सुख्खा पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पहिरो हटाएपछि खुलेको छ । उक्त सडक मंगलबार मध्याह्नबाट अवरूद्ध भएको थियो ।
पहिरो हटाएसँगै दिउँसो सवा ४ बजेबाट सडक दुईतर्फी नै खुलेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिजियर कृष्ण आचार्यले जानकारी दिए । इच्छाकामना गाउँपालिका-५ तुइन खोला नजिक सडकमा माथिबाट सुख्खा पहिरो खसेको थियो ।















