सभामुखद्धारा रास्वपासँग छलफल : रास्वपाले संसदमा विरोध जारी राख्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेका छन् ।

स्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेट गरेका हुन् । भेटमा संसद्‍मा जारी अवरोधबारे छलफल भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राखेर रास्वपा संसद्मा विरोधमा छ । सभामुखले संघर्षको स्वरुप परिवर्तन गर्न सुझाउँदै आएका छन् ।

रास्वपाले आफूहरूको संघर्ष जारी रहने बताएको छ । रास्वपाका नेता शिशिर खनाल आफूहरूको माग सम्बोधन नभएको बताउँछन् ।विरोधलाई अगाडि बढाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा छ ।

आइतबार पनि रास्वपाका कार्यवाहक सभापति अर्याल र सभामुखबीच भेट भएको थियो । सभामुखले प्रत्येक भेटमा रास्वपालाई संघर्षको स्वरुप परिवर्तन गर्न आग्रह गर्दै आएका छन् ।

  • २ असार २०८२, सोमबार ११:०१ प्रकाशित