पोखरा ।
पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ भाउ बढेको हो । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले भाउ बढेको छ ।
बृद्धि भएको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ १५७ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य १४२ रुपैयाँ ५० पैसा, सुर्खेत र दाड.मा पेट्रोलको मूल्य १५९ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १४४ रुपैयाँ पर्नेछ ।
त्यसैगरी पोखरा, काठमाडौ र दिपायलमा पेट्रोलको मूल्य १६० रुपैयाँ र डिजेल मट्टितेलको मूल्य १४५ रुपैयाँ पर्नेछ ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
















