३९ लाख ५० हजार बिगो भएका बैंकिङ कसुरका फरार तीन प्रतिवादी पक्राउ

केन्द्रभाग मिडिया

बैंकिङ कसुर मुद्दाका फरार तीन प्रतिवादी पक्राउ परेका छन् ।

जेठ ३० गते ३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मद्दाका फरार तीन प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा १६ लाख रुपैयाँ बिगो रकम भएकी काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० भंगालका वर्ष ४५ की मुना खातुन श्रेष्ठ,११ लाख रुपैयाँ बराबरको बिगो रकम भएका भारत कोलकत्ता घर भई हाल बुढानिलकण्ठ नगरपालिका कपन बस्ने वर्ष ३८ को मोहमद अलि र १२ लाख ५० हजार रुपैयाँ बराबरको बिगो रकम भएका सर्लाही घर भई हाल काठमाडौं ९ बत्तीसपुतली बस्ने वर्ष ६५ का अर्जुन थापा रहेको प्रहरी  उपरीक्षक तथा सुचना अधिकारी अपिल राज बोहराले जानकारी दिएका छन् ।

बोहराको अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

  • १ असार २०८२, आईतवार १४:५२ प्रकाशित