केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको ज्यान गएको बताइएको छ। ज्यान गुमाउनेमा एक बच्चा पनि छन्।

देहरादूनबाट केदारनाथ जाँदै गर्दा हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो ।खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्।गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए।

  • १ असार २०८२, आईतवार ११:२६ प्रकाशित