काठमाडौं ।
आजदेखि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि पाँच महिनाका लागि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको हो । गएको वर्ष ३० कात्तिकमा एकदिन मात्र परीक्षणको रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिएको थियो ।
आजदेखि आगामी २९ कात्तिक ९१५ नोभेम्बर० सम्म अब हरेक दिन ४० मेगावाटका दरले बंगलादेशमा विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गत ३० कात्तिकमा नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका थिए ।
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेश विद्युत् निर्यातको पहल अघि बढाएका थिए ।















