विराटनगर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको टिप्पणी गरेका छन् । शनिबार विहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘कार्यकर्ताले नबुझेर बिरोध गरेका हुन् । बुझे पछि चुप लाग्छन्’ उनले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड नभएको दावी गरे । उनले यो प्रकरणमा अहिलेको गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको दावी गर्दै उनले भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको उल्लेख गरे ।
उनले भने, यो विषय गम्भीर भएकाले छानबिन गर्नु पर्छ भनेका हौं । छानबिन गर्ने प्रतिवद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौं ।’ उनले गम्भीर रुपमा यो विषय छानबिन गर्न सरकार सहमति भएको समेत दावी गरे ।
प्रचण्डले यो सहमतिसँग अरु कुनै कुरा साटफेर भएको भन्ने हल्ला मात्रै भएको बताए ।














