१३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज सुचारु होला ?

केन्द्रभाग मिडिया

पोखरा ।
विपक्षी दलहरुले १३ जेठ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री पनि जोडिएको आरोप लगाउँदै विपक्षी दलहरु निरन्तर अबरुद्ध गर्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै उनको राजीनामा माग गरिरहेका छन् ।

विगत १६ देखि कार्यसूचीमा प्रवेशै नगरी अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ । बैठक आज अपराह्न ३ बजे बस्नेगरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

पटकपटकका छलफलपछि अब सहमतिको नजिक पुगिएको नेताहरुले बताउन थालेका छन् । तर अहिलेसम्म दलहरुबीच संसद् खोल्नेगरि ठोस सहमती भइसकेको छैन । ठोस सहमती नभइसकेकाले आज पनि बैठक सञ्चालन हुने नहुने निश्चित छैन । बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।

  • ३० जेष्ठ २०८२, शुक्रबार ११:०१ प्रकाशित