पोखरा ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीले चालु आर्थिक वर्षको १० महिनामा १८ करोड ३ लाख २३ हजार ५६८ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले सरकारी सम्पत्तीको वहालबाट ३० हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ६२ लाख २३ हजार रुपैयाँ, चालक अनुमति पत्र सम्बन्धि दस्तुर १७ करोड ४० लाख ५४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना र जफतबाट २५० रुपैयाँ र बेरुजुबाट १६ हजार ३१८ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी विष्णु थापाले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीले गत आर्थिक वर्ष २०८०÷०८१ को यहि अबधि (साउन देखि वैशाखसम्म) मा २० करोड ८ लाख १४ हजार ९२९ रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको यो अबधिमा सरकारी सम्पत्तिको वहालबाट प्राप्त आए १ करोड ३९ लाख ५ हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबा ६६ लाख ७८ हजार ७५० रुपैयाँ, सवरी चालक अनुमति पत्र सम्बन्धी दस्तुर बाट १८ करोड २ लाख १७ हजार एक रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी बेरुजुबाट १४ हजार १७६ रुपैयाँ राजस्व संकलन भएको थियो । यस हिसावले गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको यो अबधिमा राजस्व कम संकलन भएको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको १० महिनाको अबधिमा २ करोड ४ लाख ९१ हजार ३६१ रुपैयाँ राजस्व कम हो ।
गत अर्थिक वर्ष २०८०/०८१ मा साउन देखि असारसम्म र २३ करोड ९५ लाख १३ हजार १७९ रुपैयाँ राजस्व संकलन भएको थियो । उनका अनुसार कोरोना संक्रमणका बखत लाइसेन्स वितरण नभएको र त्यसको ५ वर्ष भएकाले अहिले नविकरण गर्नेहरु कम भएका, त्यसैगरी अन्य जिल्लाहरुमा समेत सवारी चालक अनुमति पत्रको नविकरण गर्ने व्यवस्था भएको र कास्कीमा हेवी सवारी साधनको लाइसेन्स ट्रायल नलिइने भएकाले राजस्वमा कमी आएको उनले बताए ।















