एमाले कार्यकर्ता भेटघाट गर्न मलाई कसैकाे अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने टिप्पणी गरेकी छन् ।

आज मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नको ववाफ दिँदै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले एमाले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन् ।

‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ । पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’,

उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्‍यो, भेटघाट गर्दै गर्नुपर्‍यो, के छ जनताको विचार, आकांक्षाहरू रु नयाँ पुस्ता के चाहन्छन्रु त्यसलाई पूरा गर्न, मैले सुरुमै भनेँ, ‘राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ ।

 

त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ, नयाँ पुस्ताका लागि देशका लागि । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन।’

  • २७ जेष्ठ २०८२, मंगलवार ११:१५ प्रकाशित