बेगनास तालमा पौडी खेल्दा बेपत्ता राजेशको गोताखोर द्वारा खोजी सुरु

केन्द्रभाग मिडिया

पोखरा।

पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका व्यक्तिको गोताखोरद्वारा खोजी सुरु भएको छ ।

आइतबार साँझ कास्कीको पोखरा महानगरपालिका-३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भए पश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ । रासस

  • २६ जेष्ठ २०८२, सोमबार ११:२५ प्रकाशित