पोखरा ।
पोखरा १५ बन विज्ञान अध्यान संस्थानको नजिक सडक बीचमा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले दिएको जानकारी अनुसार विहान बीच सडकमा अन्दाजी ३०/३५ वर्षको देखिने पुरुषको शव वीच सडकमा भेटिएको हो ।
सडकमा व्यवारिसे अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका कास्की प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए । मृतक शरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको देखिएकाले कसैले हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ ।
‘प्रारम्भिक रुपमा हेर्दा कसैले हत्या गरेर फालेको जस्तो देखिन्छ । विस्तृत जानकारी पोष्टमार्टम पछि मात्र पत्ता लाग्नेछ’ प्रवक्ता बस्नेतले भने । उनका अनुसार शवको पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइँदै छ ।















