सर्वोच्चको पूर्णपाठ पछि मात्र माओवादीले सापकोटाको विषयमा धारणा बनाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको पूर्णपाठ आएपछि मात्रै आफ्ना उपाध्यक्ष अग्नि सापकोटाको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयमाथि धारणा बनाउने भएको छ।

बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चको पूर्णपाठ हेरेर मात्र अदालतको आदेशबारे पार्टीले आफ्नो धारण बनाउँने एक नेताले जानकारी दिए । ‘पार्टीको आधिकारिक धारणाको लागि अदालतको पूर्ण पाठ कुर्ने निर्णय भएको छ,’ तीन नेताले भने।

बुधबारमात्रै सर्वोच्च अदालतले पूर्व सभामुखसमेत रहेका माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो ।

  • २२ जेष्ठ २०८२, बिहीबार १२:२४ प्रकाशित