पोखरा ।
संघीय सरकारको आग्रहमा गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली तत्कालका लागि रोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था व्यवस्था मन्त्रालय गण्डकीले मंगलबार एक विज्ञप्ति जारी गरी तत्काललाई नियमावली स्थगन गरिएको जानकारी दिएको हो ।
आज मात्र संघ सरकारले उक्त नियमावली रोक्नका लागि प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी सरकारलाई पत्र लेखेको थियो । संघ सरकारको पत्रपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मातहतका निकायसँग छलफल गरेका थिए ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राइड सेयरिङ नियमावली जारी गरिनुको कारण र त्यसको उपयोगिताको विषयमा समेत प्रष्ट्याउन खोजिएको छ ।

















