स्याङ्जाका पालिकालाई झण्डै ५ अर्ब बजेट

प्रकाश डोटेल

स्याङ्जा ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा स्याङ्जाका ११ स्थानीय तहलाई झण्डै ५ अर्ब बजेट विनियोजन गरिएको छ । संघीय सरकारले जिल्लाका स्थानीय तहलाई अनुदानका विभिन्न शिर्षक अन्र्तगत ४ अर्ब ७५ करोड ८१ लाख विनियोजन गरेको हो ।

जिल्लाका स्थानीय तहलाई समानीकरण अनुदानमा १ अर्ब १० करोड ७७ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा शर्सत अनुदान तर्फ ३ अर्ब ३७ करोड ८१ लाख विनियोजन गरिएको छ भने विशेष अनुदानमा १६ करोड २९ लाख विनियोजन गरिएको छ । समपुरक अनुदानमा १० करोड ९४ लाख विनियोजन गरिएको सार्वजनिक बजेटमा उल्लेख छ ।

चालु आर्थिक वर्ष २०८१-०८२ का लागि जिल्लाका स्थानीय तहलाई ५ अर्ब ४३ करोड विनियोजन गरेको संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ४ अर्ब ७५ करोड ८१ लाख विनियोजन गरेको छ । चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि करिब २५ करोड कम बजेट विनियोजन गरिएको हो ।

नगरपालिका तर्फ पुतलीबजारले ७५ करोड १ लाख अनुदान पाउँदा वालिङले ६६ करोड ३२ लाख पाएको छ । गल्याङ्ले ५२ करोड १५ लाख अनुदान पाउँदा चापाकोटले ४३ करोड ९७ लाख पाएको छ भने भीरकोटले ४२ करोड ३६ लाख गरी जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ७९ करोड ८२ लाख विनियोजन गरिएको छ ।

१ अर्ब ९५ करोड ९९ लाख पाएका जिल्लाका गाउँपालिका तर्फ कालिगण्डकीले ४१ करोड ४१ लाख पाउँदा बिरुवाका लागि ३४ करोड ३७ लाख विनियोजन गरिएको छ । आँधीखोलालाई ३३ लाख ७८ विनियोजन हुँदा अर्जुनचौपारीले ३० करोड १२ लाख अनुदान पाएको छ । हरिनाशले ३० करोड ३ लाख पाउँदा फेदीखोलाका लागि २६ करोड १ लाख विनियोजन भएको छ ।

नगरपालिका तर्फ पुतलीबजारले सबै भन्दा बढि अनुदान पाउँदा भीरकोटले सबै भन्दा कम बजेट पाएको छ । पुतलीबजारले ७५ करोड १ लाख पाउँदा भीरकोटलाई ४२ करोड ३६ लाख विनियोजन भएको छ । गाउँपालिकमा सबै भन्दा बढि ४१ करोड ४१ लाख कालिगण्डकीले पाउँदा फेदीखोलालाई २६ करोड १ लाख विनियोजन गरिएको छ ।

पुतलीबजारले समानीकरणमा १३ करोड ९३ लाख, शर्सतमा ५८ करोड ११ लाख, विशेष अनुदानमा २ करोड ७ लाख पाउँदा समपुरमा ९० लाख पाएको छ भने वालिङलाई समानीकरणमा १५ करोड ७ लाख, शर्सतमा ४८ करोड ९० लाख, विशेषमा १ करोड ४५ लाख पाएको छ भने समपुरक अनुदानमा ९१ लाख मात्रै बजेट विनियोजन भएको छ ।

समानीकरणमा १२ करोड ५२ लाख पाएको गल्याङले शर्सतमा ३८ करोड ७ लाख पाएको छ भने विशेष अनुदानमा ६९ लाख पाउँदा समपुरक अनुदानमा ८७ लाख पाएको छ । समानीकरणमा १० करोड ३० लाख, शर्सतमा ३२ करोड १७ लाख पाउँदा समपुरकमा १ करोड ५० लाख पाएको चापाकोटले विशेषमा अनुदान पाएको छैन् । भीरकोटलाई समानीकरणमा ९ करोड ८२ लाख, शर्सतमा २८ करोड ३९ लाख, विशेषमा ३ करोड २ लाख र समपुरकमा १ करोड १३ लाख विनियोजन गरिएको छ ।

कालिगण्डकीले समानीकरणमा ९ करोड २० लाख, शर्सतमा २९ करोड ९५ लाख, विशेषमा १ करोड ६५ लाख पाउँदा समपुरक अनुदानमा ६१ लाख पाएको छ । समानीकरणमा ८ करोड ४६ पाएको बिरुवाले शर्सतमा २३ करोड ४० लाख, विशेषमा १ करोड २९ लाख पाउँदा समपुरकमा १ करोड २२ लाख पाएको छ भने आँधीखोलालाई समानीकरणमा ८ करोड १७ लाख, शर्सतमा २२ करोड १४ लाख, विशेष अनुदानमा २ करोड ६१ लाख र समपुरकमा ८६ लाख विनियोजन भएको छ ।

त्यसैगरी ७ करोड ९३ लाख समानीकरणमा अनुदान पाएको अर्जुनचौपारीले शर्सतमा २० करोड ३९ लाख, विशेषमा ७५ लाख पाउँदा समपुरकमा १ करोड ५ लाख पाएको छ । हरिनाशले समानीकरणमा ८ करोड २ लाख, शर्सतमा १९ करोड ४६ लाख, विशेषमा १ करोड ८० लाख पाउँदा समपुरकमा १ करोड २ लाख पाएको छ भने फेदीखोलाले समानीकरणमा ७ करोड ३५ लाख, शर्सतमा १६ करोड ८३ लाख, विशेषमा ९६ लाख पाउँदा समपुरकमा ८७ लाख मात्रै बजेट पाएको छ ।

  • २० जेष्ठ २०८२, मंगलवार १५:३८ प्रकाशित