यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन् ।

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन् ।

  • १९ जेष्ठ २०८२, सोमबार १४:२१ प्रकाशित