यातायात व्यवसायीले भोलिदेखि देशैभर सार्वजनिक सवारी ठप्प पार्ने

केन्द्रभाग मिडिया

पोखरा ।

यातायात व्यवसायीले भोलिदेखि देशैभर सार्वजनिक सवारी ठप्प पार्ने भएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै गण्डकी प्रदेशभित्रका  यातायात व्यवसायीले तीन दिनदेखि प्रदेशभर आफ्ना यातायात साधन थन्काएर आन्दोलनमा उत्रेका छन् ।

गण्डकी प्रदेशबाट सुरु भएको आन्दोलनलाई सातै प्रदेशका यातायात व्यवसायीले साथ दिदैं भोलि देशभर  सवारी ठप्प बनाउने भएका हुन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२ ले आज प्रेश विज्ञप्ति जारी गर्दै भोलि   १९ जेठदेखि देशभरको सार्वजनिक सवारी साधनलाई ग्यारेज र घरमा थन्काएर आन्दोलन गर्ने बताएको छ ।

सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्र्म यालीसहित प्रदर्शन गरेका थिए ।
गण्डकी प्रदेश सरकारले चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ सम्बन्धी नियमावली पारित गरेको थियो ।

सोही नियमावली खारेजको माग गर्दै यातायात व्यवसायीले आन्दोलन थालेका हुन् । भोलि देशैभर सार्वजनिक यातायात ठप्प बनाए पनि निजी सवारी सञ्चालनमा भने रोक नलगाउने व्यवसायीले बताएका छन् ।

सार्वजनिक यातायात नचल्दा सर्वसाधारण यात्रु भने मर्कामा परेका छन् ।

  • १८ जेष्ठ २०८२, आईतवार १६:५० प्रकाशित