पोखरा ।
पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ ।
माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुब्दा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको गोताखोरसहितको टोलीले बेपत्ता भएका २ बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको हो।
सशस्त्र प्रहरीका अनुसार विवश परियारको शव दिउँसो २:१० बजे र विशाल परियारको शव ३ बजे फेला पारिएको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले घटनाबारे जानकारी दिए ।
गोताखोरको टोलीले करिब २० फिट गहिराइबाट उनीहरुको शव निकालेको हो।














