नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि घट्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको अन्तिम कारोबारमा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

  • ११ जेष्ठ २०८२, आईतवार १६:२० प्रकाशित