चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस

केन्द्रभाग मिडिया

चितवन ।

चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्न सर्वसम्मत सिफारिस भएको छ ।

मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरूले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकारवालाले सर्वसम्मत निर्णय गरी बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२-०८३ नीति तथा कार्यक्रममा समावेश गर्न सिफारिस गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

बागमती प्रदेशका १३ जिल्ला मध्ये चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला हो ।

  • ६ जेष्ठ २०८२, मंगलवार १६:५२ प्रकाशित