मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैनौं : माओवादी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयत्न गरेको दाबी गरिन् । तर, माओवादीले त्यसो हुन नदिने उनको भनाइ छ ।

‘नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रत्यत्न गर्दैछन् । त्यो सफल हुन नेकपा माओवादी केन्द्रले दिँदैन,’ सांसद राईले भनिन्, ‘उहाँहरू सत्ता गठबन्धन २०८४ सम्म जान्छ भनेर सार्वजनिक कार्यक्रममा भनिरहनु भएको छ । । जाओस् हामी पार्टी नेकपा माओवादी केन्द्र उहाँहरूलाई शुभकामना दिन्छ ।’

  • ५ जेष्ठ २०८२, सोमबार १६:२८ प्रकाशित