काठमाडौं ।
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । दिउँसो २ बजे सुरु भएको बैठकमा राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा छलफल भइरहेको केन्द्रित सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।
ललितपुरस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा जारी बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने नेताहरुको नाम टुन्गो लगाउने केसीले बताए । शिर्ष नेतृत्वलाई उम्मेदवार बनाउने तयारी कांग्रेको भित्र भइरहेको छ । समावेसी र भूगोललाई पनि उम्मेदवार छनोट गर्दा ध्यान दिनुपर्ने छ ।
आजनै गठबन्धनको बैठले विहान भागबण्डा मिलाएको थियो ।
मंगलबार राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता हुदैँ छ । माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुन लागेको छ ।
खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । गठबन्धानमा यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको छ ।
यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाउछन् । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।