पोखरा ।
वैशाख १७ देखि जेठ २६ गते सम्म सञ्चालन हुने गण्डकी शतकुण्डीय गायत्री कोटीहोमको प्रचार प्रसारका लागि भोलि शुक्रबार पोखरामा बृहत ट्याक्सी र्यालीको आयोजना हुने भएको छ ।
मानवसेवा फाउण्डेशनको आयोजनामा बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले यो र्याली आयोजना गरिएको हो ।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार ट्याक्सी ¥याली बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरसिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर सम्पन्न हुनेछ ।“यो ट्याक्सी र्यालीले महायज्ञको सन्देशलाई पोखरावासीमाझ पु¥याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा योगदान पु¥याउने विश्वास लिएका छौं,” मूर्ति महाराजले भने । सम्पूर्ण पोखरेलीलाई र्यालीमा सहभागी भई महायज्ञलाई सफल बनाउन समेत उनले अनुरोध गरेका छन ।
यसअघि बैशाख ११ गते बिहीबार पोखरामा बृहत् साइकल र्याली सम्पन्न भएको थियो, जसमा सयौं स्थानीयले सहभागिता जनाएका थिए। महायज्ञको तयारीलाई तीव्रता दिँदै फाउण्डेशनले बैशाख १३ गते मोटरसाइकल र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।
मानवसेवा फाउण्डेशनले महायज्ञलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न व्यापक तयारी गरिरहेको छ। ट्याक्सी र्याली मा सहभागी भएर पोखरेलीले सामाजिक र धार्मिक सद्भावको सन्देश फैलाउन योगदान पुर् याउने अपेक्षा गरिएको छ ।













