सोलुखुम्बु ।
राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई गृह जिल्ला सोलुखुम्बुमा सम्मानित भएकी छिन । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँचसय ५५ रुपियाँ नगदसहित सम्मान गरेको हो ।
सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टिमको उत्कृष्ट खेलाडीका रूपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रूपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिए । एक कार्यक्रमको आयोजना गरी नेपाल सरकारका रक्षामन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले संयुक्त रूपमा सम्मान गरेका हुन ।
सम्मानपछि खेलाडी राईले खेल क्षेत्रबाट देशलाई चिनाउन लागिपर्ने बताइन ।













