पोखरा ।
पोखरामा रहेका गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन निर्वाचन आयोगले तय गरेको समयभित्र नै गरिने बताएका हुन् ।
आयोगले बैसाखमा चुनाव गर्ने प्रस्ताव गरिसकेको छ । गृहमन्त्री खाँणले अमेरिकासँगको एमसीसी सम्झौता पनि सबै दलको सहमतिमा नै पारित गरिने बताए । उनले सबै दलको सहमतिमा केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताए ।