काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका हुन् ।
पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘भृकुटीमण्डपमा आन्दोलन गर्दा ढल्ने कस्तो गणतन्त्र ? हामीले चारतिर छेकेर आन्दोलन गरे के हुन्छ ?’ उनले भने, ‘यदि तपाइँहरू नसुध्रिने हो भने हामी बालुवाटारलाई घेरर भात पानी बन्द गर्दिन सक्छौं ।’
उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए । सरकार आत्तिएर आफूहरूलाई भृकुटीमण्डमा कार्यक्रम गर्न नदिएको उनको भनाइ छ ।














