आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसः काँग्रेसले विविध कार्यक्रम गरि मनाउँदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ । नेपाली काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैँछ ।

काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन । तर विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएका छन् ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्मा पोखराको कार्यक्रममा सहभागी हुने छन् । साथै दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।

पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा काँग्रेसले मनाउँदै आएको छ ।

  • १६ पुष २०७८, शुक्रबार ०९:०२ प्रकाशित