कुलमानको रिटमाथि सुनुवाइ सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए । यस्तै अघिल्लो रिक्त कार्यकालको पारिश्रमिकसहित आर्थिक सेवा सुविधा माग गर्दै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी पनि मुसलमानकै इजलासमा परेको छ।

घिसिङको पेसी इजलासको दोस्रो र शाक्यको पाँचौँ नम्बरमा रहेको छ । घिसिङ र शाक्य दुवै बुधबार साँझ सर्वोच्च पुगेका थिए ।

  • १५ चैत्र २०८१, शुक्रबार ११:४२ प्रकाशित