सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा,जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई सहभागी छन् ।

त्यस्तै गृहमन्त्री रमेश लेखक र श्रममन्त्री शरतसिंह भण्डारी पनि बैठकमा सहभागी छन् । त्यस्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि बैठकमा सहभागी छन् ।

  • १२ चैत्र २०८१, मंगलवार १६:१७ प्रकाशित