काठमाडौैं ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा प्रदर्शन गर्न सुरु भएको छ । निर्णयको विरुद्धमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
मंगलबार बिहान अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेको हो ।
सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ।














