लमजुङ–मनाङ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार दिउँसो करिब १२ बजेतिर मर्स्याङ्दी गाउँपालिका–४ अन्तर्गत अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
अचानक खसेको पहिरोले सडक पूरै थुनिँदा यातायात सेवा ठप्प भएको छ। सवारी चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
डुम्रे–बेसीशहर–चामे सडक आयोजना कार्यालयका सब-इन्जिनियर सुमन अधिकारीका अनुसार पहिरोमा ठूला ढुङ्गाहरू खसेकाले सडक खुलाउन समय लाग्ने छ।















