स्याङजामा सवारी दुर्घटनामा परि एकजनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङजामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका ७ माझकोटमा आइतबार बिहान विंगर गाडी दुर्घटना हुँदा वालिङ ७ हिलेपानीका ४८ वर्षिय दिलसरा आलेको घटनास्थलमै ज्यान गएको हो ।

केँवरेबाट पोखरा आउदै गरेको ग १ ज ७५११ नम्बरको विंगर माझकोटमा अनियन्त्रित भई दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । स्थानीयवासीले बिहान झन्डै ७ बजेतिर गाडी दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनापछि गाडीका चालक फरार रहेका छन । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

  • १० चैत्र २०८१, आईतवार १८:०३ प्रकाशित