नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले वर्तमान सरकारका मन्त्रीहरूको मनपरी र प्रधानमन्त्रीको मौनतामाथि कडा प्रश्न उठाएका छन्। मातृभूमि जागरण अभियान, नेपालमार्फत राजनीतिमा सक्रिय रावलले सामाजिक सञ्जालमा लेख्दै सरकारप्रति आक्रोश पोखेका हुन्।
नाफाखोरी रोक्ने कानून हटाएर उद्योगमन्त्री दामोदर भण्डारीमार्फत सिमेन्ट र डन्डीको मूल्य कृत्रिम रूपमा बढाएको आरोप उनको छ। उनले स्वदेशी सुपारी उत्पादकलाई प्रोत्साहन गर्नुको साटो आयात खुला गरिएको र ग्यास उद्योगीको कमिसन घटाउने सुझावविपरीत प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाइएकोमा पनि आपत्ति जनाएका छन्।














