म्याग्दीमा ट्याक्टर दुर्घटना, २ दुईजनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।

म्याग्दीमा भएको ट्याक्टर दुर्घटनामा परेर दुईजनाको ज्यान गुमेको छ । चारजना घाइते भएका छन् । बिहीबार साँझ धवलागिरि गाउँपालिका– २ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर पल्टिँदा दुईजनाको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार दुर्घटनामा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको ज्यान गुमेको हो । पूर्णलालको घटनास्थलमै र देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गुमेको उनले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का १५ किस्मत खड्का घाइते भएका छन् । उनीहरु सबैलाई लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि राति नै सदरमुकाम बेनी लगिएको मा किस्मत खड्का समान्य उपचार पछि डिस्चार्ज भएका छन् ।

घाइते मध्यका २१ वर्षीय विकास सेर्पालीलाई थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको छ । अन्य  तीन जनालाई पनि थप उपचारका लागि पोखार पठाइएको सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

  • ८ चैत्र २०८१, शुक्रबार ०८:११ प्रकाशित