विप्लव नेता प्रकाण्डले भने,‘माओवादीको संकट मोचनकै निम्ति पार्टी एकता गर्दैनौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी केन्द्रबीचको एकताबारे हल्ला चलिरहँदा विप्लव नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले यो सम्भव नभएको बताएका छन् ।

उनले माओवादी केन्द्रको आन्तरिक संकट मोचनका लागि मात्र पार्टी एकता नहुने दाबी गरेका हुन् । उनले प्रचण्ड विचार र व्यवहारमा सच्चिएर आएमात्र एकता सम्भव हुने तर संकट मोचनकै लागि मात्र कुनै पनि हालतमा एकता नहुने बताएका छन् ।

एक बहसमा कुरा गर्दै उनले भनेका छन्,‘प्रचण्डजीसँग हाम्रो महासचिवको दुई राउन्ड कुरा भएको हो । कृष्णबहादुर महरा र मेरो कुरा हुँदा एकता प्रस्ताव आएको हो । तर एकता केका निम्ति गर्ने हो, त्यो क्लियर हुनुपर्यो ।”

उनले थपे, ‘प्रचण्डजी विचार र व्यवहारमा सच्चिएर प्राक्टिकल्ली आउनुभयो भने ठीकै छ । तर नेपाली जनतालाई भ्रमित पार्ने र आम नेपालीबीचमा सर्वाधिक बदनाम र फेलियर ससदीय व्यवस्थाको फोहारी खेलमा डुबाउने षड्यन्त्र हो भने सम्भव छैन । कसैको आन्तरिक संकट मोचनका निम्ति एकताको कुरा गरेको हो भने पनि त्यो सम्भव छैन ।’

  • १४ पुष २०७८, बुधबार १५:०८ प्रकाशित