पोखरा ।
भूमि सम्बन्धि बाहेकका ५ अध्यादेशलाई बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिने भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो ।
अध्यादेश संसद् बैठकको कार्यसूचीमा दोस्रोपटक राखिएको हो । यसअघि माघ २४ गते पनि कार्यसूचीमा राखेर स्थगित भएको थियो । संसद्मा पेस भएका ६ अध्यादेशमध्ये पाँच वटा मात्रै निर्णयार्थ पेस हुनेछ। यसका लागि दलहरूले सहमति गरिसकेका छन् । दलहरूले सहमति गरेपछि आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीमा समावेश गरेका हुन् ।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धि अध्यादेश फिर्ता नलिए अन्य पाँचवटामा पनि समर्थन नगर्ने अडान लिएका थिए । अन्तत उनीहरूको मागअनुसार नै सरकारले भूमिबाहेकका अध्यादेश सदनमा पेस गर्न लागेको हो ।














