काठमाडौं ।
सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा परि ज्यान गुमेको छ । पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सामेबार सवारी दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले बताए । उनका अनुसार सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै थिए ।
सोही क्रममा उनले चलाएको सु. प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेका उनको सेती प्रादेशिक अस्पताल उपचारको क्रममा ज्यान गएको थियो ।















