काठमाडौँ ।
राजधानीको कमलपोखरी स्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको ज्यान गएको छ ।
काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै आएको थियो ।
यससँगै घटनामा परेर ज्यान गुमाउनेको संख्या ४ जना पुगेको छ । माघ २४ को विस्फोटमा परेर यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको ज्यान गएको थियो ।














