अध्यादेशबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।
आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।

संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तक्र्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

  • ३ फाल्गुन २०८१, शनिबार १०:४६ प्रकाशित