मौसम पूर्वानुमान : चार प्रदेशमा हल्का हिमपातका सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

  • ३ फाल्गुन २०८१, शनिबार ०९:०८ प्रकाशित