तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भट्टराईको प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् ।

‘महाधिवेशनको उद्घाटन सत्रपछि सचिवालय बैठकमा उहाँले म नेतृत्व हस्तान्तरण गर्न चाहन्छु, तेस्रो पुस्ताका साथीहरू सल्लाह गरेर टिम बनाउनुहोस्, म वैचारिक नेताको भूमिकामा बस्न चाहन्छु भन्नुभएको हो,’ प्रवक्ता कृष्ण शर्माले भने ।

प्रवक्ता शर्माका अनुसार सोमबार बिहान बसेको सचिवालय बैठकमा पनि भट्टराईले सोही प्रस्ताव अगाडि सारेका छन् ।

  • २८ माघ २०८१, सोमबार १३:३३ प्रकाशित