काठमाडौँ ।
भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका-७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा ज्यान गएको नेपाल प्रहरीले जानकारी दिएको छ ।














