आजदेखि नेसपा (नयाँ शक्ति) को महाधिवेशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको पार्टीले बताउँदै आएको छ ।

  • २७ माघ २०८१, आईतवार ११:०८ प्रकाशित