पोखरा ।
पोखरामा जारी २४ औं संस्करणको आहा रारा गोल्ड कपमा लगातार दुई खेल जितेर नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न पहिलो क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० ले पराजित गरेको हो । खेलको २७ औं मिनेटमा नेपाल पुलिस क्लबले पहिलो गोल गर्दै अग्रता लिएको थियो । पहिलो गोल विवेक पाण्डेले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमै पुलिसले अग्रता दोब्बर बनायो । खेलको ४०औं मिनेटमा रामचन्द्र वाजीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाउँदै टिमको जित सहज बनाए । हारसँगै आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युके भने पहिलो खेलबाटै घर फर्कने भएको छ ।पुलिस २०७७ सालपछि पहिलो पटक पोखरामा सेमिफाइनल पुगेको हो ।
पुलिसले अब पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसी बीच विजेतासँग खेल्नेछ ।















